Breaking

देउवालाई प्रश्न ओली सरकारकै असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो : शेखर कोइराला


काठमाडौं — नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टी सभापति एवं प्राधनमन्त्री शेरबहादुर देउवालाई ओली सरकारकै असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो भनेर प्रश्न गरेका छन् । सोमबार पार्टी कार्यालय, सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कोइरालाले सरकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी विधेयकको विरोध गरेका हुन् ।

ओली सुरकारले संविधानमा भएको व्यवस्था प्रतिकुल हुने गरी अध्यादेश ल्याएर संविधान मिचेको भन्दै उनले भनेका छन्, ‘तत्कालीन अवस्थामा हामीले कडा प्रतवाद गरेका थियौं । के हाीले अहिले उक्त असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो ।