Breaking

बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी


काठमाडौँ — बाजुरा बुढीगंगा नगरपालिकामा पुनः मतदान भएको बुढीगंगा नगरपालिकाको प्रमुखमा रामबहादुर बानियाँ र उप प्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन् । १० वडा रहेको बुढीगंगामा ७ वटा वडाका वडाअध्यक्ष पदमा एमाले उम्मेदवार विजयी भएका छन् भने कांग्रेसले ३ वडा जितेको छ ।

वैशाख ३० गते भएको निर्वाचन स्वतन्त्र हुन नसकेपछि निर्वाचन आयोगले बुढीगंगामा पुनः मतदान गराउने निर्णय गरेको थियो ।