Breaking

लघुवित्तको कर्जाले बाँकेका महिला उद्यमीको बिचल्लि, संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी


काठमाडौँ — बाँकेका उद्यमी महिलाहरु लघुवित्तबाट लिएको कर्जा तिर्न नसक्दा समस्या परेका छन् । लघुवित्तले लगातार ऋण तिर्न दवाव दिन थालेपछि उद्यमीहरुले अब संघर्षको कार्यक्रम नै घोषणा गर्ने भएका छन् । बाँकेका उद्यमी महिलाहरु कर्जाका कारण दल–दलमा फस्न थालेका छन् । एउटा लघुवित्त संस्थाबाट निकालेर अर्कोमा किस्ता तिर्नु पर्ने बाध्यता बनेको छ । ऋण तिर्न समय माग गर्दापनि लघुवित्तहरुले समय नदिने र घरमै गएर धम्क्याउने गरेको उनीहरुको आरोप छ । अध्ययन अनुसार नेपालमा करिव २२ लाख मानिसहरुले कर्जा लिएका छन् ।

२२ लाख मध्ये ७५ प्रतिशत मानिसहरुले कर्जा समयमा तिर्न सकेका छैनन् । सर्वसाधारणलाई सहज वातावरण मिलाउने किसिमले खोलिएको लघुवित्तहरुबाट नै आम नागरिक अहिले दुःख पाइरहेको लघुवित्तमा आवद्ध महिलाहरुको गुनासो छ । सस्तोमा ऋण प्रवाह गर्ने उद्देश्यका साथ वितरण गरिएको ऋणले सर्वसाधारण नागरिकलाई महंगो व्याज तिर्न बाध्य बनाएको गुनासो छ । ऋण तिर्न केही समय ढिला हुँदा अनेकन हप्की धप्की मात्रै अभद्र व्यवहार सहनुपरेको छ ।

लघुवित्तका कर्मचारीले अलिकति पनि मानवियता नदेखाएको उनीहरुको आरोप छ । कतिपय महिला उद्यमीको लघुवित्तले गर्दा घरपरिवारमा सम्बन्ध नै बिग्रिएको छ । लघुवित्तको दबाबले उनीहरु सुत्नै नसक्ने अवस्थामा पुगेका छन् । ऋण लिएपछि तिर्नु आफ्नो कर्तव्य बुझेका महिला उद्यमीले दिनदिनै दबाब दिँदा आउँदा हैरानी ब्यहोर्नुपरेको छ । लघुवित्तको हैरानी सहन नसकेर उद्यमीहरुले अब संघर्षको कार्यक्रम नै घोषणा गर्ने भएका छन् । बचाँै बचाऔं र अघि बढौं भन्ने मुल नाराका साथ लघुवित्तिय संस्थाहरुको विरुद्ध देशव्यापी रुपमा संघर्ष गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

नेपालमा करिव ५८ लाख नागरिक ऋण प्रवाह गरेका र २२ लाख ऋण तिर्न नसक्ने अवस्थामा छन् । लघुवित्तका ऋणले गर्दा घरवारबिहीन बनाएको र लघुवित्तिय संस्थाबाट धेरै पीडा सहनु उनीहरुको गुनासो छ । लघुवित्त पीडित महिलाहरुले सरकारसँग लघुवित्तिय संस्थाहरु खारेज गर्न, लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्न, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमताका आधारित काम र दामको व्यवस्था गर्न, माग राखेका छन् ।