काठमाडौँ — आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा बढ्दो महँगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव छ । देशको विद्यमानआर्थिक संकटको कारक मान्दै राष्ट्रपति राजपाक्षेको राजीनामामाग्दै आन्दोलन उत्कर्षमा पुगेपछि उनी राजीनामाको लागितयार भएका छन् । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका जनताको धैर्यतागुमेको छ । चरम आर्थिक संकट चुलिएसँगै नेतृत्वप्रति रुष्ट बनेका श्रीलंकालीजनताले शनिबार राष्ट्रपति गोटावाया राजपाक्षेको सरकारी निवासमा डेरा जमाएका छन् । त्यतिले मात्रै उनीहरुको आक्रोश शान्त नभएपछि प्रधानमन्त्री रनिल विक्रमा सिङ्घेको निजीनिवासमापनिआगजनी गरे ।
अहिले यति खेर श्रीलंकाको राजधानी कोलम्बोमालाखौंको संख्यामाप्रदर्शनकारीहरू उत्रिएका छन् । सरकारले प्रदर्शनकारीलाई रोक्न विशेष कार्यदललाई सडकमा राखेतापनिशनिबार करिब दिउँसो १ बजेतिर प्रदर्शनकारी राष्ट्रपतिको सरकारी निवास परिसरमा छिर्न सफलभए । प्रदर्शनलाई विपक्षीदल, ट्रेड युनियन, विद्यार्थी, किसान संगठन लगायतले समर्थन गरेका थिए । राष्ट्रपति भवनमाप्रवेश गरेका आन्दोलनकारीहरूले शाहीखाजाखाएको, स्विमिङ पुलमा रमाएकोे, राष्ट्रपति भवनको हरेक कोठा कब्जा गरेको तस्बिर अहिले भाइरल भइरहेको छ ।
श्रीलंकाको अवस्था यति नाजुक बनिसकेको छ कि कोहीपनि सत्ता सम्हाल्न चाहँदैनन्। पाँचौं पटक प्रधानमन्त्री बनेका रनिल विक्रमा सिङ्घेले सर्वदलीय बैठक बोलाएर राजीनामा दिएका छन् । लगानी प्रवद्र्धन मन्त्री धम्मीका पेरेराले पनि आज पद त्यागेका छन् । पछिल्ला दुई दिनमा हरिन फर्नान्डो, मानुषा नानायकारा र बन्दुला गुण वर्देना सहित चार मन्त्रीले राजीनामा दिइसकेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले पनिअर्काे साता राजीनमादिने भने पनि अवस्थाझनै तनावपूर्ण हुँदै गए पछि जुलाई १३ मा नै राजीनामादिने घोषणा गरेका छन् । प्रदर्शनकारीहरू राजापाक्षे परिवारलाई श्रीलंकाको सत्ताबाट पूर्ण रूपमा हटाउन चाहन्छन् । त्यहाँका नगरिकहरूले देशको कमजोर आर्थिक अवस्थाका लागि राजपक्षे दाजुभाइलाई दोष दिइरहेका छन् ।
बाहिर सडकमा जनतालाई के खाउ के लाउभन्ने भोकमरीको स्थिति सिर्जना भएको छ । मुद्राको अभावमा परीक्षासमेत हुन नसक्ने अवस्था हुँदा उता राष्ट्रपति ठाँटमा भवनभित्र बसेको राजापाक्षेको हवेलीबाट भने ठूलो रकम बरामद गरिएको छ । उक्त रकम सुरक्षानिकायलाई हस्तान्तरण गरिएको छ । श्रीलंकाको वर्तमान परिस्थितिलाई अमेरिकाले पनि सम्बोधन गरेको छ । राष्ट्रपतिलाई उनको निवासबाट लखेट्ने र उनको राजीनामाको घोषणापछि अमेरिकाले आइतबार श्रीलंकाली नेताहरूलाई दीर्घकालीन समाधान खोज्नका लागि छिटो कदम चाल्न आग्रह गरेको हो । कुनै पनिनयाँ सरकारले दीर्घकालीन आर्थिक स्थायित्व हासिल गर्ने र श्रीलंकाका जनताको असन्तुष्टिलाई सम्बोधनगर्ने समाधानहरू पहिचानगर्न र कार्यान्वय नगर्न राज्य विभागका प्रवक्ताले आग्रह गरेका छन् ।


प्रतिक्रिया