काठमाडौँ — आज मुस्लिम समूदायको दोस्रो ठूलो पर्व बकर ईद धुमधामका साथ मनाइएको छ । नेपाली जामे मस्जिद र इदगाहमा गएर मुस्लिम समूदायले सामूहिक रुपमा नमाज पढेर सो पर्व मनाउने गर्दछन ।
नमाज पढिसकेपछि एकआपसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको मौलाना जियाउल मुस्तफा नुररानीले बताउनु भयो । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुस्लिम समुदायले आफूलाई जायज लागेका जनावरलाई बलि दिने गर्दछन । यसैबीच, नेपाल सरकारले यसै अवसर पारेर आज सार्वजनिक विदा समेत दिएको छ ।


प्रतिक्रिया