Breaking

काठमाडौँ आइपुगे चिनियाँ नेता लिउ जियान्चाओ


काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टीका (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडौँ आइपुगेका छन् ।

चाइन एयरको विमानबाट उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । बुधबारसम्म नेपाल रहँदा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन् । लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेट्ने कार्यक्रम छ।