काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पक्षका नेताहरुको बैठक आज बस्दै छ ।
सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठक अगाडि आफ्नो पक्षका नेताहरुको एकीकृत धारणा बनाउन बैठक बस्न लागेको हो । काठमाडौँको बालुवाटारस्थित डा। कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो एक बजे बैठक बोलाइएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सन्चालन गरेको, विधान मिचेको लगायतका आरोप शेखर कोइराला पक्षले लगाउँदै आएको छ ।


प्रतिक्रिया