Breaking

कांग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौँ – भ्रातृ संस्थाको विधानलाई अन्तिम दिन नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ । भ्रातृ संस्थाको विधानलाई अन्तिम रूप दिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।

पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको विधान प्रतिवेदन तयार पार्न कांग्रेसले नेता एनपी साउदको नेतृत्वमा समिति बनाएको थियो । कांग्रेसले उक्त समितिले बुझाएको विधानलाई अन्तिम रूप दिन लागेको हो ।

कांग्रेसका भ्रातृ संस्था नेविसंघ र दलित संघको मात्र विधान टुंगो लागेको छ, अरूको बाँकी छ ।