काठमाडौँ — मौद्रिक नीतिको अन्तीम तयारीमा राष्ट्र बैंक, ऋण पाउने वातावरणको ग्यारेन्टी गर्न निजी क्षेत्रको माग, कठोर नीति ल्याउने गभर्नर अधिकारीको दावी । सरकारले ल्याएको बजेटको कार्यान्वयन गर्न हरेक बर्ष केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउने गर्छ । विशेष गरि वित्तीय व्यावस्थापनमा जोड दिने मौद्रिक नीति कस्तो आउला भन्ने प्रतिक्षामा यतिवेला सर्वसाधारण नागरिकदेखि उद्योगी व्यापारीसमेतले चासो दिइरहेका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने अन्तिम तयारी गरेको छ ।
सर्वसाधारण नागरिकदेखि उद्योग व्यापारीसमेतले केन्द्रीय बैंकले कस्तो मौद्रिक नीति ल्याउला भनेर प्रतिक्षा गरिरहेका छन् ।धेरैजसोले राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीति कठोर र केहीले भने नरम खालको ल्याउनु पर्ने सुझाव दिएका छन् । नेपालको अर्थतन्त्र जटिल बन्दै गएको छ । विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ भने आयात निर्यातबीचको खाडल झन बढ्दै छ । यस्तो अवस्थामा मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ ।
चालु आर्थिक वर्षको मध्यावधिदेखि ऋण नपाएका उद्योगी व्यवसायीहरूले आगामी वर्षको मौद्रिक नीतिबाट ऋण पाउने वातावरणको ग्यारेन्टी हुनुपर्ने माग गरेका छन् । तरलता समस्या चर्किँदै जाँदा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले ऋण लगानी गर्नै छाडेका थिए। यो वर्षको पहिलो त्रैमासमा दिएपनि त्यसपछि भने अवसर साँघुरिँदै गएको थियो। यही अवस्था आगामी आर्थिक वर्ष नहोस् भनेर निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले नेपाल राष्ट्र बैंकलाई सुझाव पनि दिएका छन्।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा नेपाल राष्ट्र बैंक लागिसकेको छ। असार महिनाभित्रै यात साउनको पहिलो हप्ता नीति ल्याउने गरी केन्द्रीय बैंकले तयारी अघि बढाएको छ। यसका लागि केन्द्रीय बैंकले सुझाव संकलन गरिरहेको छ। विभिन्न माध्यमबाट केन्द्रीय बैंकले सरोकारवालाहरूको सुझाव संकलन गरिरहेको छ। बैकहरुल अर्थतन्त्रको अहिलेको समस्या समाधान गर्नका लागि मौद्रिक टुलको सदुपयोग गर्नेगरी नीति ल्याउन सुझाव दिएका छन् । बैंकर्सहरुले महात्वकांक्षाभन्दा पनि वर्तमान आवश्यकता र समस्यामै रहेर नीति बन्नुपर्ने बताएका छन् ।
उत्पादनमुलक र अनुत्पादनमुलक क्षेत्र छुट्याएर जोखिम भारलाई कम गरेमा भने बैंकहरुलाई प्रोत्साहन हुने उनीहरुको माग छ । यता केन्दीय बैंकले भने अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने बताईरहेको छ । अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरु नै यो वर्ष प्रयोग हुने अवस्था आएको स्वयम गभर्नर महाप्रसाद अधिकारीले सार्वजनीक रुपमा बताउने गरेका छन । सोही कारण आगामि आर्थिक बर्षकालागी आउने मौद्रिक नीति कठोर आउने आंकलन गरीएको छ ।
निकट भविष्यमा हुने प्रदेश तथा संघीय संसद्को निर्वाचनलाई मध्यनजर गरेर बजेट ल्याइए पनि आर्थिक एवं सेवा क्षेत्रहरू अझै पनि पुरानो लयमा फर्कन सकेका छैन । शोधनान्तर घाटा, चालू खाता घाटा, न्यून निर्यात्, बढ्दो आयात, घट्दो विदेशी मुद्रा सञ्चिति, बढ्दो वैदेशिक ऋणको चक्रव्युहमा अल्झेको अहिलेको अवस्थामा ल्याइन लागेको मौद्रिक नीति विस्तारकारीभन्दा कसिलो हुनु नै उपयुक्त हुन सक्छ ।


प्रतिक्रिया