Breaking

प्रचण्ड संकटमा फस्दै, पदाधिकारीले पसिना छुट्यो, महासचिवमा बर्षमान र जनार्दनको टकरावले लफडा


काठमाडौँ — महाधिवेशन सम्पन्न भएको ६ महिना सम्म पनि माओवादी केन्द्रले पाएन पदाधिकारी, पोलिटब्युरोकै नाम टुंग्याउने विषयमा प्रचण्ड विवादमा, उपाध्यक्षमा श्रेष्ठ र महराको बीच चर्काे टकराव । आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको नेकपा माओवादी केन्द्रले पदाधिकारीका नाममा अध्यक्षमा प्रचण्डलाई मात्रै घोषणा ग¥यो । त्यस यता ६ महिना वित्यो तर माओवादीले पदाधिकारी पाएन् । आइबारदेखि झण्डै एकसाता चलेको बैठकमार्फत माओवादी पदाधिकारी पाउने आधार बनेको थियो ।

तर त्यसमा पनि प्रचण्ड असफल भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार १९ देखि झण्डै एकसाता चलेको केन्द्रीय समिति बैठकमा पोलिटब्यूरो र स्थायी समितिको नाम कति कोटको खल्तीबाट झिके भने, कति छिरबिरे रातो चेक सर्टको गोजीबाट निकाले । आधुनिक प्रविधिसँग निथ्रुक्क भिजेका प्रचण्डले आइप्याडमा हेर्दै नाम पढेको पनि देखियो ।

करिब ६ महिनाअघि पार्टीको आठौं महाधिवेशनमा आफैलाई पुनः अध्यक्षमा निर्वाचित गर्न लगाएका प्रचण्डले यसपाली १५६ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समितिमात्रै दिन सके । पदाधिकारीको नाम लिस्ट खल्तीबाट निकाल्न प्रचण्डलाई निकै सकस परेको छ । र त्यसका लागि ४÷५ दिन समय दिन प्रचण्डले माग गरेपछि अझै केही समय माओवादीले पदाधिकारी नपाउने परिपक्क झैँ बनेको छ ।

गतबर्षको पुसमा सम्पन्न महाधिवेशनले अध्यक्षबाहेकअरु पदाधिकारी दिन पाएको थिएन् । त्यसका लागि ६ महिनापछिको केन्द्रीय समिति बैठकलाई नेताकार्यकर्ताले निर्णायक मानेका थिए । तर पोलिटब्युरोकै नाम टुंग्याउने विषयमा प्रचण्डले विवाद खेप्नुप¥यो ।पटकपटक नाम पढेपनि कार्यकर्ताले असन्तुष्टिमात्रै जनाएपछि समस्या समाधान भएको छैन । १५ पदाधिकारी मध्येको उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराको नाम चयन गरिएको छ ।

तर यहाँ पनि वरिष्ठ कसले पाउने श्रेष्ठ र महराबीच चर्काे टकराव छ भने बाँकी चार उपाध्यक्ष छनोटमै प्रचण्डलाई सकस छ । अध्यक्षपछिको शक्तिशाली पदका रुपमा हेरिएको महासचिव छनोटमा प्रचण्डका सबैभन्दा धेरै पसिना छुटेका छन् । पार्टीभित्र प्रभावशाली मानिएका बर्षमान पुन र जनार्दन शर्माबीच महासचिवका लागि लडाइँ छ ।शर्मा विवादित बनेर अर्थमन्त्रीबाट भर्खरै राजीनामा दिएका पात्र हुन् भने पुनअस्वस्थ्य भइ तंग्रिन खोजिरहेका छन् ।

प्रचण्डको गोजीबाट जो महासचिवका लागि निस्किन्छ, उसैले माओवादीको विरासत थाम्नेमात्रै होइन, प्रचण्डको उत्तराधिकारी बन्ने अवसर समेत पाउनेछ । प्रचण्डका लागि सजिलो विकल्प भनेको लोकतान्त्रिक विधि अपनाएर निर्वाचनमा जाने र नेताहलाई आफ्नो विवेकको प्रयोग गरि पदाधिकारी चुन्न दिने थियो ।तर निर्वाचन प्रणालीलाई पूर्णतः लत्याएर गोजीबाट नाम निकाल्ने संस्कारकै कारण सकस नामको मज्जा ब्यहोर्नु परेको छ ।यसलाई सहमतिको नाम दिएर नेताहरुले समेत स्वीकार्दै आएका छन् ।

नेताहरुको बढ्दो आकांक्षालाई सम्बोधन गर्न नसके विशेष महाधिवेशनबाट पदाधिकारी टुंग्याउने तयारी प्रचण्डको छ । महाधिवेशन भएको ६ महिनामै विशेष महाधिवेन गर्नु आफैमा विडम्बना हो । किनकि आइतबारदेखि सुरु भएको बैठकको सुरुआतमै प्रचण्डको प्रतिवेदनमाथि समेत नेताहरुले चित्त बुझाएका थिएनन् । राष्ट्रिय राजनीतिको तेस्रो शक्तिभन्दा माथि उक्लिन नसक्ने परिपाटीको अन्त्य गर्न नेताहरुले प्रचण्डलाई सुझाव दिएका थिए ।

पार्टी लथालिङग बनिरहँदा भातृ संगठनको विवादले झनै समस्या थुपारेको छ । विद्यार्थी संगठनमा समानान्तर अभ्यास चलेपछि आफ्नै स्वकिय सचिव रमेश मल्लसहितको सुझाव समिति गठन गरेर विवाद हलको प्रयास थालेका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मुखै रहेका बेला स्थानीय तहमा अन्तर्घात भएको भन्दै छानबिनका लागि समिति बनाएका छन् । राष्ट्रिय राजनीतिलाई फनफनी घुमाउने ताकत प्रचण्डमा देखिएपनि पार्टीभित्र सन्तुलन मिलाएर जान भने प्रचण्डलाई हम्मेहम्मे परेको छ ।