काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गरेकी छन् । राष्ट्रपति भण्डारीले आज ट्वीट गरी आबेप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेकी हुन् । यस दुःखद् घडीमा उनले मैत्रीपूर्ण जापानी जनता र स्वर्गीय आबेको परिवारजनमा समवेदनसमेत प्रकट गरिन् ।
आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला गोली हानी हत्या भएको थियो । यस दुःखद् घडीमा आज नेपाल सरकारले पनि देशभर शोक मनाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया