Breaking

जापानका पूर्वप्रधानमन्त्री आबेको हत्याप्रति नेपालद्वारा दुःख व्यक्त


काठमाडौँ – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्याप्रति नेपालले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

जापानी समयाअनुसार शुक्रबार बिहान जापानको नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला त्यहाँका पूर्वप्रधानमन्त्री आबेलाई गोली हानी हत्या गरिएको हो ।

नेपालका अनन्य मित्रसमेत रहेका जापानी पूर्वप्रधानमन्त्री आबेको हत्याप्रति नेपाल सरकारका तर्फबाट गृह मन्त्रालयले विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको हो ।