काठमाडौँ — मुलुककै पुरानो, जेठो र ठुलो विश्वविद्यालयत्रि–भूवनविश्वविद्यालय स्थापनाको ६३ वर्ष पूरा भएको छ ।उच्चशिक्षाको झन्डै ९० प्रतिशतविद्यार्थी त्रि.वि र यसको प्रणालीमा आवद्ध छन । मुलुकको अग्रणी विश्वविद्यालय पछिल्लो समय राजनीतिक हस्तक्षेपको चपेटामा फस्दाथपअस्तव्यस्त र आलोचनाको शिकार बनिरहेको छ । मुलुककै पहिलो र ठुलो विश्वविद्यालयको रुपमा स्थापितत्रिभुवनविश्वविद्यालयलेआफ्नो लामो शैक्षिकइतिहासको ६३ वर्ष पार गरेको छ । विं.सं २०१६ सालमा राजामहेन्द्रले त्रिभुवनको नाममास्थापना गरेको त्रिविअझै पनिमुलुकको उच्चशिक्षाको केन्द्र हो ।
देशभरका झन्डै ९० प्रतिशतउच्चशिक्षाकाविद्यार्थी अझै पनित्रिवि र यसको प्रणालीमा आवद्ध क्याम्पससंग जोडिएका छन् । तर उच्चशिक्षाको त्यति ठुलो हिस्सा ओगटेको मुलुकको अग्रणी विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप मौलाउँदो छ । उपकुलपति देखि सामान्यकर्मचारीको नियुक्तिपनि राजनीतिक भागबण्डाका आधारमागरिने भएकाले विश्वविद्यालय शैक्षिकथलो कम राजनीतिकप्रतिस्पर्धाको थलोमा रुपान्तरण भईरहेको प्रष्ट छ । जुनआफैमाचिन्ताको विषयहो ।
विश्वविद्यालयहरु मानवशक्तिविकास गर्ने र नयाँ ज्ञान सिर्जना गरी दक्षजनशतिmउत्पादनगर्ने मुख्यआधार हो । तर हाम्रो विश्वविद्यालय ठिक विपरित छ । राजनीतिक भागवण्डा नमिल्दात्रिवि राजनीतिकदलकाविद्यार्थी संगठनको विवाद र तालालगाउने थलो बनिरहेको छ । हुँदाहुँदाअहिले प्राध्यापकहरु समेत आफ्नो मर्यादा नै भुलेर राजनीतिकप्रतिशोधकाआधारमाअनशन बस्ने तालालगाउने गतिविधिमाउत्रनथालेका छन । हालसालै मात्रनेविसंघ र आंशिकप्राध्यापकले झन्डै ६ महिनात्रि.विमातालालागाए ।
माघ ६ गते लगाएको ताला जेठ २७गतेबल्लखुलेको थियो । यस्तो गतिविधिहरुको प्रत्यक्ष असर विद्यार्थीको भविष्यमा परिरहेको छ । केहि संकायबाहेक त्रिविमा संचालितअधिकाशशैक्षिककार्यक्रमक्यालेन्डर अनुसार संचालनहुन सकिरहेको छैन । त्रिविको यो बेथितिप्रति सरकार स्वयं मुकदर्शक बनिरहेको छ ।
शैक्षिक,प्रशासनिक सबै क्षेत्रमाराजनीतिक हस्तक्षेपहुँदात्रिभुवनविश्वविद्यालय वेथितिलयमा परिणत हुँदै गएको छ । तर यत्तिकाविवाद र अस्तव्यस्तताका बावजुतत्रिविविश्वको हजार उत्कृष्ट विश्वविद्यालयमा पर्न सफलभएको छ । सम्बन्धितपक्षले शैक्षिक गुणस्तरमाध्यानदिन सके त्रिविको भविष्यउज्वल देखिन्छ । साथै गुणस्तरीय शिक्षाको लागिविदेशीने विद्यार्थीहरुलाई स्वदेशमै रोक्न पनित्रिविलाई सुधार्नुको विकल्प देखिँदैन ।


प्रतिक्रिया