Breaking

माओवादीमा जनार्दन-बर्षमानको लडाइँ : चेपुवामा परे प्रचण्ड (भिडियोसहित)

गठबन्धन टुट्न सक्ने संकेत


काठमाडौँ — बिहीबार राजधानीको प्रज्ञा भवनमा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले बाँकी रहेका सबै कमिटीका पदाधिकारीको नाम टुंग्याउने अपेक्षा थियो।

पूर्ववत कार्यतालिका अनुसार नै हिजोको बैठकमा प्रदेश र गैरभौगलिक क्षेत्रवाट रिर्पोटिङ तथा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका छन । जवाफ दिएसंगै प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन पनि सर्वसम्मतिले पारित भएको छ ।

काठमाडाँैस्थित प्रज्ञा भवनमा जारी माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेकोे छ । यसअघि बैठकको पहिलो दिन प्रदेश अध्यक्ष र दोस्रो दिन केन्द्रीय सदस्यले अध्यक्षको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए । ती प्रश्नहरुको जवाफ पनि प्रचण्डले दिएका छन ।

प्रश्नबाट बहिकिदै सन्दर्भबाट बाहिरिएका उनले जनार्दन शर्माको बचाउ गरेका छन् । अर्थमन्त्रीका रुपमा नेता शर्माले कुनै गलत काम नगरेको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले बजेटमा समावेश भएका कतिपय प्रगतिशील विषय केही मानिसलाई मन नपरेको उल्लेख गरे ।

नेपाली राजनीतिमा नैतिकताको संस्कार र त्याग पनि हुन्छ भन्ने विषयको सञ्चारसमेत भएको बताएका उनले सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइन अन्तर्गत जनार्दन शर्मा मन्त्री हुँदा अनावश्यक विवाद उचालिएको टिप्पणी गरे । तर पदबाट राजीनामा दिएर शर्माले षडयन्त्र गर्नेहरुलाई जवाफ दिएको प्रचण्डको दावी थियो ।