काठमाडौँ — नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले माउ पार्टी काँग्रेसका शीर्ष नेतासँगको भेटघाटलाई तीव्र पारेका छन् । तरुण दलको कमिटी विस्तारको तयारीका लागि गुरुङले शीर्ष नेतासँगको भेटघाट तीव्र पारेका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवाले गत फागुन ९ मा गुरुङलाई अध्यक्षमा मनोनित गरे पनि तरुण दलको कमिटीले पूर्णता पाएको छैन । असारभित्र तरुण दललाई पूर्णता दिने तयारी छ । ९९ सदस्यीय कमिटीमा अहिले अध्यक्ष मात्र छन् । बाँकी पदाधिकारी र केन्द्रीय समिति सदस्य मनोनित गर्न लागिएको छ ।
यसैका लागि अध्यक्ष गुरुङले पार्टीका शीर्ष नेतासँग भेटघाट गरिरहेको बुझिएको छ । मंगलबार गुरुङ वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटार पुगेका थिए । गुरुङका अनुसार पौडेलले संगठन चुस्त दुरुस्तका साथ अगाडि बढाउन आफ्नो सधैँभरी साथ रहने बताएको थिए ।
गुरुले विहीबार पार्टीका नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालासँग छुट्टाछुट्टै भेट गरेका छन् । गुरुङले सिंहको निवास चाक्सीबारी पुगेर उनलाई भेटेका थिए । यस्तै कोइरालाई भेटन उनको सम्पर्क कार्यालय विशालबजारमा गुरुङ पुगेका थिए ।
भेटमा नेताद्वयले तरुण दल सङ्गठनको विस्तारको विषयमा चासो राखेका थिए । द्वय नेताले तरुण अध्यक्ष गुरुङलाई संगठनको हरेक कार्यमा आफ्नो साथ, सुझाव र पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सबै जनासँग सर सल्लाह गरि अगाडि बढ्न नेता द्वयले राय व्यक्त गरेका थिए । अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा नजिकिँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा काँग्रेसलाई बहुमतले जिताउन तरुण दल लाग्ने बताएका थिए । उक्त कार्यको लागि नेताहरूबाट पूर्ण सहयोगको अपेक्षा रहेको धारणा राखेका थिए ।


प्रतिक्रिया