काठमाडौं — नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले निर्वाचनमा पछिल्यो समय बढ्दै गएको खर्चिलो प्रकियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन् । आज राजधानीमा आयोजित आर्थिक शुसासन र निर्वाचन विषयक अन्तरकृया कार्यक्रममा नेता पौडेलले निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उमेद्वारहरुले खर्च गर्ने गरेको भन्दै यसलाई तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् । नेता पौडेलले, पार्टीभित्रैबाट टिकट लिनदेखि निर्वाचनसम्म खर्च गर्दै जाँदा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च हुन्छ ।
त्यसले हाम्रो व्यावस्थामै प्रश्न उठेको र यसै कारणले पनि राजनीतिमा युवाको वितृष्णा बढेको बताए । नेता पौडेलले भने, निर्वाचन कानुन र आचार संहिता धेरै छन् । कतिपय रूपमा आयोग सक्रिय देखियपनि त्यो कार्यान्वयन हुन सकिरहेको देखिँदैन अब संघको निर्वाचनमा उमेद्वारले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यावस्था छ । अहिले त्यो खर्चमा एका दुईले निर्वाचन लडेका होलान् नत्र धेरै ठाउँमा यो सीमा भित्र कसैले चुनाव लडेका छैनन् । यतिमात्र होइन निर्वाचनको मौन अवधिमै पैसा बाँडिन्छ भनिन्छ यस्ता खालका अभ्यास हाम्रोमा निकै प्रचलनमा छन् ।
कार्यक्रममा निर्वाचन आयोगका पूर्व प्रमुख भोजराज पोख्रेलले पछिल्लो समय आयोगले तोकेको खर्च सीमा हाँस्यस्माक भएको बताए । उप्रेतीले भने, अहिलेका निर्वाचन निकै खर्चिला हुँदै गए उमेद्वारको खर्च तिब्र गतिमा बढेको छ । आयोगको एउटा मापदण्ड छ । मापदण्ड एकातिर छ । उमेद्वारको खर्च अर्कातिर छ । कि आयोगले उमेदवारको खर्च नियन्त्रण गर्न सक्नुपर्यो की यो खर्च सीमा हटाउनु पर्यो नत्र त यो हाँस्यसमक मात्र भयो कार्यक्रममा पलिसी रिसर्च सेन्टरका विष्णु उप्रेती र मुक्ति रिजाल, गोपाल कृष्ण घिमिरे लगायतले आर्थिक शुसासन र निर्वाचनु विषयमा आ(आफ्नो भनाई राखेका थिए ।


प्रतिक्रिया