Breaking

बुढीगंगा निर्वाचनमा फेरि विवाद


काठमाडौँ — बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद सिर्जना भएको छ । विवाद भएपछि प्रहरीले गोली नै चलाउनुपरेको छ । सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएको थियो । विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको आचार्यको भनाई छ ।

अहिले स्थिति नियन्त्रणमा आइसकेको पनि उनले रातोपाटीलाई बताए । आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । यसअघि वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको छ।