देश

रञ्जु दर्शनाले गरिन् बिहे


काठमाडौँ — विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक रञ्जु दर्शनाले किशु कुइँकेलसँग बिहे गरेकी छन् । दर्शना र कुइँकेलले बुधबार विवाह गरेका हुन् । गत फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए । उनी झण्डै साढे चार वर्ष विवेकशील साझामा आबद्ध थिइन् ।

विवेकशील साझा पार्टीमा विचारबारे विवाद भएपछि उनले राजीनामा दिएकी थिइन् । २०७४ को स्थानीय चुनावमा दर्शना काठमाडौं महानगरको मेयरमा समेत उठेकी थिइन्।