काठमाडौँ – बेलाबेलामा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनलाई अपराधी,तानाशाह जस्ता विभिन्न आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनलाई सत्ताबाट नै फाल्नुपर्ने अभिव्यक्ति दिएका छन् । पुटिनलाई सत्ताबाट नै फाल्नु पर्ने उनको यो अभिव्यक्ति पहिलो पटक बाहिरिएको हो ।
पोल्यान्डको राजधानीको रोयल क्यासलमा भएको कार्यक्रममा बोल्दै बाइडेनले भगवान्का लागि पनि पुटिन सत्तामा बसिरहन नहुने भन्दै बाइडेनले यस्तो भाषण गरेका थिए । ‘भगवानका लागि यो मानिस सत्तामा बसिरहनु हुन्न । उनले भने
बाइडेनले प्रतिबन्ध र सयौँ अमेरिकी र युरोपेली कम्पनीहरुलाई देशबाट बाहिरिन बाध्य बनाइएको केही साताका बावजुद पनि रुसी जनतालाई प्रत्यक्ष रुपमा यस किसिमको आह्वान गरेका हुन् । तर उनले रुसी जनता आफ्नो सत्रु नभएको बताएका छन् ।
त्यसपछि उनले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीबाट आफूलाई बचाउने सोभियत संघसँग रुसी आक्रमणको बिरुद्ध लडिरहेको युक्रेनीहरुको तुलना गर्ने प्रयास गरेका छन् । उनले रुसी नेताहरुलाई कठोरतापूर्ण रुपमा बोलेका थिए । उनले नेटोको एक इन्च सम्म पनि नमिच्नका लागि चेतावनी दिएका छन् ।
‘अमेरिकी बलहरु युरोपमा छन्,’ ‘युरोपमा मात्रै होइन,’ राष्ट्रपतिले सुरु गरेर पछि आफैलाई सच्याएका छन् । उनले १ लाख अमेरिकी सेना वासिङटनको युरोपेली गठबन्धनको प्रतिरक्षा गर्नका लागि कुरिरहेको बताएका छन् ।
राष्ट्रपतिले नेटो र उसका मित्रहरुले रुस बिरुद्ध लडाई गर्नुपर्ने र यो सहज भने नहुने चेतावनी दिएका छन् । यसको ठूलै क्षति हुने, तर यसको मूल्य तिर्नुपर्ने समेत उनले बताए । त्यहाँ उनले उच्च तहका युक्रेनीहरुसँग कुराकानी समेत गरेका थिए ।


प्रतिक्रिया