देश

योजना बनाउँदा अब ऋण जनताको टाउकोमा बोकाउन हुँदैन: अर्थमन्त्री शर्मा


काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले आयोजनाहरूले नै ऋण तिर्न सक्ने गरी लगानी योजना बनाउनुपर्ने कताएका छन् । आज आइतवार लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी विस्तृत सम्झौता पत्र एमओयू हस्ताक्षर कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री शर्माले भन्नुभयो, ‘अब हामीले योजना बनाउँदा ऋण जनताको टाउकोमा बोकाउन हुँदैन । आयोजनाले नै कमाएर ऋण तिर्न सक्ने खालको योजना बनाउनुपर्छ । जलविद्युतमा मात्रै नभएर अन्य पूर्वाधारका क्षेत्रमा लगानी भित्र्याउनुपर्ने आवश्यक छ ।’

मन्त्री शर्माले देशमा लगानी बढाउनका लागि डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड तयार गर्न लागेको पनि बताउनुभयो । उहाँले यो फन्डमा निजी क्षेत्रको पनि सहभागिता हुनुपर्ने बताउनुभयो । मन्त्री शर्माले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई जोड्न अहिले बनिरहेका अन्तर्राष्ट्रिय विमानस्थलहरूले देशको समग्र आवश्यकतालाई पूर्ति गर्न सक्ने दाबी गर्नुभयो । त्यस्तै कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० शुशील भट्टले महालेखा परीक्षकले लगानी प्रतिबद्धताअनुसार नआएको भन्दै बेरुजु लेख्न थालेकोमा दुःख लागेको बताउनुभयो । उहाँले नेपालले गुणस्तरीय विदेशी लगानी खोजेको बताउँदै अहिले विदेशी लगानी प्रतिबद्धता धेरै भए पनि लगानीमा परिणत नहुनु अनुसन्धानको विषय भएको धारणा राख्नुभयो ।