Breaking

‘युक्रेनमाथि पहिलो चरणको आक्रमण सकियो’


काठमाडौँ — रुसले युक्रेनमाथि आक्रमणको पहिलो चरणको कारबाही सफल भएको दाबी गरेको छ ।

रुसी सेनाका जनरल सर्गेई रुड्सकोयले शुक्रबार यस्तो बताएका हुन् । उनले यो आक्रमणमा रुसको सुरुवाती उद्देश्य पनि पूरा भएको उल्लेख गरेका छन् ।

पछिल्लो समय युक्रेनी सेनाले लड्ने क्षमता पनि उल्लेख्य रुपमा घटेको उनको भनाइ छ ।

उनले रुसले पूर्वी युक्रेनलाई लक्षित गरी आगामी दिनमा सैन्य आक्रमण अघि बढाउने संकेत पनि गरेका छन् । उनले डोनाबासलाई स्वतन्त्र बनाउनु आफूहरुको उद्देश्य रहेको बताएका छन् । रुसी सेनाले फेब्रुअरी २४ यता निरन्तर युक्रेनका सहरहरुमा बमबारी गर्दै आएको छ। यद्यपि उसले अहिलेसम्म युक्रेनको कुनै पनि प्रमुख सहरलाई नियन्त्रणमा भने लिन सकेको छैन ।

यस्तोमा पछिल्लो केही समययता युक्रेनमा रुसी सेना अघि बढ्न पनि सकेको छैन । पछिल्लो समय युक्रेनी सेनाले रुसी सेनामाथिको आक्रमण पनि सुरु गरेको छ । त्यसैले पनि रुसले नयाँ योजना चालेको हुन सक्ने विश्लेषकहरुले बताएका छन् ।

यस्तोमा रुसले आगामी दिनमा युक्रेनमाथिको आक्रमणको रणनीति परिवर्तन गर्न सक्ने पश्चिमा मिडियाहरुले उल्लेख गरेका छन् ।