देश

अचानक यात्रुवाहक बसमा आगलागी


काठमाडौँ — कालीकोटबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बसमा आगलागी भएको छ । शुक्रबार दिउँसो ३ बजेर २५ मिनेटमा सुर्खेतको बराहताल गाउँपालिका–८ ओदालताल नजिक ना ८ ख २३५६ नम्बरको बसमा आगलागी भएको हो । गाडी जलेको छ, मानवीय क्षति भएको छैन,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले भने, ‘अरू भौतिक वा सामग्रीको क्षति भएको छैन ।

बसमा लागेको आगो वीरेन्द्रनगरबाट दमकल गएर निभाएको छ । बसको ब्याट्रीमा अचानक आगलागी भएर आगो लागेको डिएपी घर्तीले जानकारी दिए ।