काठमाडौँ — डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को प्रसारण शुक्रबारदेखि सुरु हुने भएको छ । साँझ ८ बजे हिमालय टेलिभिजनमा ग्रान्ड प्रिमियर एसिपोड प्रसारण हुने काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । कुल २६ श्रृंखलाको शोमा आगामी सातादेखि प्रत्येक शुक्रबार र शनिबार नियमित श्रृंखला प्रसारण हुने जनाइएको छ । विभिन्न क्षेत्रमा स्थापित १२ जना सेलिब्रिटीले कोरियोग्राफरसँग जोडी बाँधेर प्रतिस्पर्धा गर्ने कार्यक्रम हरेक शुक्रबार र शनिबार साँझ ८ बजे प्रसारण हुने जनाइएको छ ।
नृत्यमा दखल नभएका तर विभिन्न क्षेत्रमा स्थापित सेलिब्रिटीले नाचेरै उपाधि जित्ने चुनौती स्वीकार्दै यो सिजनमा सहभागिता जनाएका छन् । पपगायक धीरज राई, रेस्लिङ खेलाडी भगवती खड्का, अभिनेत्री परमिता राणा, लोकगायिका प्रीति आलेमगर, अभिनेता एवं मोडल प्रदीप बाँस्तोला, मिस्टर नेपाल सन्तोष उपाध्याय, एउटै खुट्टाको भरमा मृत्य गर्ने कलाकार नीलम ढुंगानाले स्टारको रुपमा यो सिजनमा प्रतिस्पर्धा गर्दैछन् ।
मोडल सोनिका रोकाया, टिकटक स्टार अमर–अमृत दाहाल, अभिनेत्री छिरिङ शेर्पा, मैथिली फिल्मकी अभिनेत्री काजल कर्ण र मोटिभेसनल स्पिकर समाइरा श्रेष्ठले पनि प्रतिस्पर्धा गर्दैछन् । निर्णायकले दिने अंक र दर्शकको भोटको आधारमा हरेक साता उनीहरुको एलिमिनेसन ९बहिर्गमन० हुनेछ । अभिनेत्री गौरी मल्ल, अभिनेता दिलीप रायमाझी र नृत्य निर्देशक रेनेशा बान्तवा राई निर्णायकको रुपमा छन् । कार्यक्रमको होस्ट पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र कमेडियन सुमन कार्कीले गर्ने भएका छ ।


प्रतिक्रिया