देश

नेपाल प्रहरीमा एकैपटक ३ हजार १ सय १६ प्रहरीको बढुवा सिफारिस


काठमाडौँ — नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ एकैपटक ३ हजार १ सय १६ प्रहरीको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली–२०७१ लाई संसोधन गरेर तल्लो तहमा ३ पद थप्ने निर्णय गरेको थियो । विधेयक समितिमा लामो छलफलपछि मन्त्रिपरिषद्ले प्रहरी नियमावली–०७१ लाई संसोधन गरेर सानो दर्जामा वरिष्ठ हवल्दार, सहायक हवल्दार र वरिष्ठ प्रहरी नायव निरीक्षक पद थप्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले ‘ज्येष्ठता’लाई बढुवाको मुख्य आधार बनाउने गरी नियमावली संसोधन गरेको छ । बिहीबार १ सय ९१ जना नायव निरिक्षक ९सई० लाई बरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई)मा बढुवा गर्न सिफारिस गरिएको छ । जेष्ठताका आधारमा वरिष्ठ सईमा १ हजार १ सय ७१ जनालाई बढुवा गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।