काठमाडौँ — रुसले पहिलो पटक युक्रेनमा खतरनाक र ध्वनीको गतिभन्दा पाँच गुणा तेज हाइपरसोनिक ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको छ । जसले विश्व नै आतंकित बनेको छ । रुसले युक्रेनमा पहिलो पटक हाइपरसोनिक ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको छ । युक्रेनका ठूला भूमिगत हतियार डिपो नष्ट हुने गरि भएको आक्रमण निकै भयानक थियो । जुन अक्रमणबाट विश्व समुदाय विभाजित हुने देखिन्छ । रुसले कुनै युद्धमा यी मिसाइलको प्रयोग गरेको यो पहिलो घटना हो । प्रहार गरिएको ब्यालेस्टिक मिसाइलको नाम किंजल हो । रुसी अधिकारीको दाबी अनुसार यो हाइपरसोनिक मिसाइल ६ हजार किलोमिटर प्रति घण्टाभन्दा बढीको गतीले २,००० किलोमिटर टाढासम्मको लक्ष्यलाई मार हान्न सक्षम छ ।
यसको गति ध्वनीको गतिभन्दा पाँच गुणा तेज छ । यो रकेट ८ मिटर लामो छ र उच्च गतिशीलताबाट सुसज्जित छ । राष्ट्रपति पुटिनले अघिल्लो डिसेम्बरमा रुस हाइपरसोनिक मिसाइलमा वर्ल्ड लिडर भएको र आफूसँग ट्र्याक गर्न मुश्किल र उडानको बीचमा नै दिशा फेर्न सक्ने मिसाइल भएको दाबी गरेका थिए । यो क्षमताले रुसलाई दुश्मनको नजरबाट लुकेर हमला गर्न मद्दत गर्छ । चार वर्षअघि पुटिनले किंजललाई ‘अजेय’ हतियारको एउटा श्रृङ्खलाको रुपमा पेश गरेका थिए । उनले यो दुश्मनको रक्षा कवचलाई छेड्न पनि सक्षम रहेको बताएका थिए । अन्य हाइपरसोनिक मिसाइल जिरकोन र अवान्गार्ड हुन् र यी पनि तीब्र र अत्यधिक रेन्जसहित आउँछ । यद्यपि, कुन स्थानबाट युक्रेनको हतियार डिपोमा हमला गरिएको भन्ने स्पष्ट जानकारी भने छैन । एक अमेरिकी रक्षा मन्त्रालयले रुसी बलले २४ फेब्रुअरीदेखि अहिलेसम्म १,०८० भन्दा बढी मिसाइल दागेको जानकारी दिएको छ ।
यसैविच, बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनलाई झन्डै ६ हजार अतिरिक्त क्षेप्यास्त्र दिने घोषणा गरेका छन् । ब्रसेल्समा उत्तर एट्लान्टिक सन्धि सङ्गठन र जी सेभेनका नेताहरुको बैठकमा जोन्सनले युक्रेनी सैनिक तथा पाइलटको भुक्तानीका लागि २ करोड ५० लाख पाउन्ड उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्ने छन् । यसअघि बेलायतले झन्डै चार हजार क्षेप्यास्त्र युक्रेनी फौजलाई उपलब्ध गराइसकेको छ । नेटोको आपत्कालीन बैठक तथा जी–सेभेन शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन ब्रसेल्स पुगेका छन् । रुसले युक्रेनमा पहिलो पटक हाइपरसोनिक ब्यालेस्टिक मिसाइलले आक्रमण गरे पछि विश्व समुदाय नै आतङ्कीत बनेको छ । विशेष गरि पश्चीमा राष्ट्र झस्किएका छन् ।


प्रतिक्रिया