काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेद्वारहरु सिफारिस गर्न निर्देशन दिएको छ ।
आजको केन्द्रीय केमिटी बैठकले मापदण्ड पास गर्दै एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो ।
पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, पार्टीप्रतिको निष्ठा लगायतका आधारमा उम्मेदवार चयनको आधार बनाइएको छ ।
यस्तै एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउन कार्यदल गठन गरेको छ ।
आज सकिएको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो ।


प्रतिक्रिया