काठमाडौँ – प्रधानमन्त्रीमा सपथ खाएको झण्डै तीन महिनापछि सरकारलाई पूर्णता दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै ९ महिनापछि मन्त्री फेरबदलको गृहकार्य चलाएका छन् । पाँचदलीय मोर्चाको नेतृत्व गर्दै सरकार सम्हालेका देउवाको गठबन्धनमा जनमोर्चा बाहिरिएको छ, भने चारदल कायमै छन् । तर मन्त्रीहरुको कार्यप्रगतिमा कुनै तरिकाबाट सन्तोष हुने अवस्था नदेखिएपछि मन्त्रिपरिषद् हेरफेर गर्न लागिएको हो ।
कुन पार्टीको नेतृत्वमा सरकार बनाउने वा कसलाई प्रधानमन्त्री बनाउनेदेखि मन्त्रिपरिषद्मा कसलाई कति हिस्सा दिने सबै काम माओवादीले गर्दै आएको छ । अब हैसियत अनुसारको हिस्सा छोडिदैन भन्नेपक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ देखिएका छन्।यो भनाइ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेरको गृहकार्य चलाएपछि आएको हो ।
सरकार गठन भएको तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका प्रधानमन्त्री देउवाले झण्डै नौ महिनापछि हेरफेरको गृहकार्य चलाएका छन् ।चार दलीय मोर्चाको बलमा सत्ता सम्हाले पनि मन्त्रीहरुको काम उहीँ झुसिल किराकै शैलीमा घिस्रिन थालेपछि देउवालाई फेरबदलको दबाब आइपरेको हो ।
तर अबको फेरबदलमा पहिले जस्तो कसैका लागि छोड्ने नभइ माओवादीका लागि हैसियत अनुसार अरुले छोड्नु पर्ने प्रचण्डको दाबी छ । यद्यपी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत सरकारमा सामेल बनाउनेबारे प्रधानमन्त्री देउवाले गृहकार्य थालेको नेताहरुले बताएका छन् ।
मुलतः लोसपालाई सरकारमा सामेल बनाएर तराईँको जनमत बटुल्नेदेखिएमाले विरोधी मोर्चालाई झनै बलियो बनाउने देउवाको तयारी देखिन्छ । एमालेसँग लोसपाले चुनावी तालमेल गर्ने चर्चा चलिरहेका बेला आफुलाई विश्वासको मत दिएको र एमसीसी पारित गर्न सघाएको गुण तिर्नकै लागि देउवालाई सरकारमा ल्याउन चाहेका हुन् ।
तर जसपासहितको गठबन्धनमा जसपाबाटै विभाजित लोसपालाई मिलाएर राख्न देउवालाई चुनौति हुनेछ । स्थानीय तहको निर्वाचनको मुखमै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन् ।
मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएर देउवाले यसका लागि तयार रहन आग्रह गरेका थिए । किनकि मन्त्रीहरुको कामलाई लिएर देउवा असन्तुष्ट मात्रै छैनन्, माओवादी र समाजवादीको तर्फबाट सरकारमा गएका मुख्य÷मुख्य अनुहारलाई नै विदाइ गर्ने तयारी छ ।
https://www.youtube.com/watch?v=R_1j18b4sj0
समाजवादीले यसअघि नै ६ महिनापछि फेरबदल गर्ने आन्तरिक सहमति गर्दै सरकारमा मन्त्रीहरु पठाएको थियो । माओवादीले समेत सकेसम्म आफ्ना सबै मन्त्री फेर्ने तयारी गरेको छ । काँग्रेसमा समेत देउवाले हेरफेर र कम्तिमा दुईमन्त्री मन्त्री हटाउन चाहेको बालुवाटार स्रोतले बताएको छ । जुन निर्वाचन आचारसहिंताले रोक्नुभन्दा पहिले नै देउवाले गरिसक्ने आँकलन गरिएको छ ।


प्रतिक्रिया