देश

गितकार पासाङ शेर्पाको कोरोना कथा पुस्तक सार्वजनिक


काठमाडौँ — साहित्यकार पासाङ शेर्पाको कोरोना कथा नामक पुस्तक विमोचन भएको छ । २०१९ को अन्त्यतिर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण अमेरिकामा रहेका नेपाली र अन्य समुदायको जीवनशैलीवारे सुक्ष्म रुपमा लेखेका छन् । विगत लामो समयदेखि गीत,कविता,गजल तथा समसामयिक विषयवस्तुमा निरन्तर कलम चलाईरहनु भएका शेर्पाको कोरोना कथा भने पहिलो संस्मरणात्मक कृति हो ।

No description available.

नरोऊ तिमी भन्छौ भने,सयौं डाँडा काट्दै आएँ,साँझ ढलेको थाहै पाइन, । सुनसान रातमा, जस्ता दर्जन भन्दा धेरै गीतहरु सांगीतिक क्षेत्रलाई दिईसक्नु भएको छ । “नरोउ तिमी भन्छौ भने“ सर्वाधिक चर्चामा रहन सफल भएको थियो । कालिका म्युजिक अवार्ड २०१७ मा सातवाट विधाको अवार्डको लागि नोमिनेसनमा परेको थियोभने तीनवाट विधामा अवार्ड जित्न सफल भएको थिया ।

पेसाले हेयर डिजाइनर तथा उद्यमी शेर्पाले प्रवास (अमेरिमा) रहेर पनि साहित्य क्षेत्रमा निरन्तर सक्रिय हुनुहुन्छ । वरिष्ठ गायक ल्हक्पा शेर्पाको सुमधुर स्वरमा १९९९ मा रेकर्ड गरिएको “तल पर्यो सल्लेरी, माथि नाम्चे गाउँ मनै हार्ने लुक्ला बजार रमाइलो ठाउँ हो मायालुको गाउँ“ उहाँको पहिलो गीती सृजना हो ।

सोलुखुम्बुको उत्तरी गाउँ तत्कालीन चौरीखर्क गा वि स– ४ मुसेमा जन्मिनु भएका शेर्पा अमेरिकामा सामाजिक काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । स्वयंसेवक गरेको बापत उहाँले “ब्रुकलिन बोरो प्रेसिडेन्ट कोभिड हिरो अवार्ड प्रेसिडेन्ट डे“ को अवसर पारेर प्रेसिडेन्ट भोलुन्टर सर्भिस अवार्ड पदक समेत प्राप्त गरेका छन् ।