काठमाडौँ — बहिनीको बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । हाडनाताभित्रको बहिनी पर्ने १२ वर्षीया बालिकालाई ललाइफकाइ बलात्कार गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीका अनुसार उनले ५०० रुपैयाँ दिने र मोबाइलमा फिल्म देखाउने भन्दै गोठमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।
‘‘नाबालिग बहिनीकी आमाले सोमबार उजुरी दिएकी थिइन् । आरोपी दाजुलाई पक्राउ गरिसकेका छौँ । आरोपीमाथि जबरजस्ती करणीको मुद्दा चलाइएको छ,” उनले भने । प्रहरीका अनुसार बहिनीलाई जबरजस्ती करणी गरेर दाजु फरार भएका थिए । प्रहरीले खोज्दै जाँदा गाउँमै लुकीछिपी बस्दै आएको अवस्थामा फेलापारेको थियो । आरोपितविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भई जिल्ला अदालत बझाङले अनुसन्धानका लागि आठ दिनको म्याद थप गरेको छ ।


प्रतिक्रिया