Breaking

पर्वतीय समस्याको दिगो समाधानका लागि क्षेत्रीय बहस आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने


काठमाडौँ — यस वर्षलाई अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्षका रुपमा मनाउने संयुक्त राष्ट्रसंघको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयले ‘पर्वतीय समस्याहरुको दिगो समाधानका लागि नीतिगत क्षेत्रीय बहस’ आजदेखि सुरु हुँदैछ ।
उक्त कार्यक्रमको आज चन्द्रागिरी हिल्स रिसोर्टमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मन्त्रालयले एफएओ, इसिमोड, यूएनडीपी, आईयूसीएन, डब्लूडब्लूएफ नेपाल, डीसीए र किर्डाकसँग मिलेर अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्षका कार्यक्रम आयोजना गरेको हो । यूएनको निर्णयअनुसार संसारकका सबै मुलुकका सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, गैरसरकारी संस्थालगायत सबै सरोकारवालाहरुले पर्वतीय पारिस्थितिकीय प्रणालीको महत्त्वको प्रचार–प्रसार हुने गरी विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । कार्यक्रममा आज र भोलि चल्नेछ ।