देश

नेपाली सेनाको नक्कली क्याप्टेन पक्राउ


काठमाडौँ — ओखलढुङगा मानेभञ्ज्याङ घर भई हाल पोखरा बस्दै आएका ३८ वर्षका अर्जुन कटुवाल भन्ने धन बहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली सेनाको क्याप्टेन रहेको र हाल मिसनको लागि विदेशमा रहेको, आफूसँग सेनाको ठूला ठूला मानिससँग चिनजान भएको सिंगापुर पुलिस, नेपाली सेनाको सेकेण्ड लेप्टेन र सिपाही पदमा नोकरी लगाई दिन सक्छु भनि फेसबुकमा कुराकानी गरी भर विश्वास दिलाई ३ जना व्यक्तिहरूबाट रु ९,७५,१४० नौ लाख पचहत्तर हजार एक सय चालिस रुपैयाँ ठगी गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट नेपाली सेनाको सहसेनानी अर्जुन कटुवालको नाममा बनाएको नक्कली परिचयपत्र, नेपाली सेनाको सहसेनानी पदको दर्ज्यानी चिन्ह र अर्जुन कटुवाल नामको चेसप्लेट लगाएको नेपाली सेनाले प्रयोग गर्ने चुस्ता १ सेट, हरियो ज्याकेट, बेल्ट, दाप सहितको खुकुरी, तुमलेट, सेनाको लोगो भएको गेमड्रेस र ट्रायकसुट, विभिन्न व्यक्तिहरूको नामको उपसेनानी पदको उम्मेदवारहरूको फाराम, सिपाही पदको परिचय पत्र, खालि परिचयपत्रहरू र बा ८४ प ६९८८ नम्बरको मो सा सहित पक्राउ गरी ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ एक्सटर्सन सम्बन्धी कसूरमा सम्मानित कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।