समाचार

जगदम्बा स्टीलको उत्पादन तेस्रो देशमा पनि निर्यात


काठमाडौँ – देशकै अग्रणी स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टील्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका उत्पादनहरुको लोकप्रियता तथा माग विदेशमा समेत चुल्लिँदै गएको छ ।

कम्पनीकाअनुसार जगदम्बा स्टील्सका उत्पादनहरु,जगदम्बा सुपर शाइन र ग्याल्भा+ रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ । जगदम्बा स्टील्सले केही समय अगाडीमात्रै “सीआर सिटएंड कोइल्स”हरु दक्षिणपूर्वी, मध्यपूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो ।

“उपभोक्ता सन्तुष्टिका लागि उत्कृष्ट गुणस्तरको निरन्तर्ता हाम्रो प्रतिवद्धता तथा प्रथम प्राथमिकता हो । गुणस्तरको सुनिश्चितार्थ अत्याधुनिक प्लान्ट मार्फत निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ सहयोग र मायाँका लागि हामी सदैव कृतज्ञ छौँ । यो मायाँले अझ विस्तारित रुप लिएको छ । नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ ।”,जगदम्बा सुपर साइन र ग्याल्भा+का ेतेस्रो देश निर्यात थालनीको सुअवसरमा बोल्दै जगदम्बा स्टील्सका प्रवक्ताले भने,“यस संगै गुणस्तरको निरन्तर्ताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ पस्कँदै जान थप आत्मबल मिलेको आभाष भइरहेको छ ।”