देश

परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंका जाने


काठमाडौँ — पाँचौं बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंका जाने भएका छन् । परराष्ट्र मन्त्री खड्का र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसहित नेपाली प्रतिनिधिमण्डलको टोली श्रीलंका जाने भएको हो । यही चैत १६ मा बिमस्टेक सदस्य राष्ट्रहरूको पाँचौं शिखर सम्मेलन श्रीलंकामा हुँदैछ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले श्रीलंका जाने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । बिमस्टेक वडापत्रलगायत दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । साथै बिमस्टेकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।