देश

प्रधानमन्त्री देउवा मोरङ आउँदै


काठमाडौँ — मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उदघाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ आउने भएका छन् । आज बिहान ९ बजे सुन्दरहरैंचामा प्रधानमन्त्री देउवा जाने छन् । देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उदघाटन गर्नेछन् । सुन्दरहरैंचाको कार्यक्रमपछि प्रधानमन्त्री देउवा पाँचथर र खोटाङ पनि पुग्नेछन् ।आइतबार लेटाङमा स्थानीयको आक्रमणबाट एकजना प्रहरी जवानको मृत्यु भएको थियो । स्थिति नियन्त्रणमा लिन सोमबार बिहानैबाट लेटाङको चार किल्लामा कर्फ्यु जारी भएको छ । लेटाङसँग सीमा जोडिएको पालिकामा प्रधानमन्त्री पुग्ने भएकाले सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।