विदेश

ट्युनिसियाको समुद्री किनारमा कम्तीमा २० शव फेला


काठमाडौँ — ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रबासीहरुको शव फेला परेको छ । शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ । यो समेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शब भेटिएको जनाएको छ । यसअघि गत शुक्रबार ट्युनिसियाको सो समुद्री किनारामा १२ ओटा शव भेटिएको थियो र शनिबार थप ७ जनाको शव भेटिएको हो ।

ट्युनिसियाको सो समुद्री किनारा युरोप जाने आप्रबासीहरुले प्रयोग गर्ने गरेको एक मुख्य नाका पनि हो । उनीहरु अवैध रुपमा युरोप प्रवेश गर्ने क्रममा सो क्षेत्रमा पुगेका र दुर्घटनामा परेका अनुमान गरिएको छ ।