देश

सबै पार्टीहरू माओवादीसँग तालमेल गर्न आउनुपर्छ: प्रचण्ड


काठमार्डौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा तालमेल गर्न माओवादी नजाने, बरु अरु पार्टी माओवादीकहाँ आउनुपर्ने बताएका छन् । जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै उनले आफूहरु नै पहिलो पार्टी बन्ने सम्भावना रहेको समेत बताए ।पोखरामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘देशैभरी एकचोटी फेरि हेर्नुपर्ने र दिनुपर्ने माओवादीलाई नै रहेछ भन्ने जनमत बन्दै गएको छ ।

हेर्नुहोला, एक महिनाभित्र अरु सबै पार्टीहरु माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन । किनभने यो देशको परिवर्तनको बाहक हामी हौं ।’ देशभरिको स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर जाँदैछौं,’ प्रचण्डले अगाडि भने, ‘अब माओवादी नै रहेछ देश बचाउने पनि, संविधान बचाउने पनि, लोकतन्त्र बचाउने पनि, शान्ति प्रक्रिया पूरा गर्ने पनि र यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायलाई अधिकार दिलाउने, बीचमा हामीले गल्ती गरेछौं भन्ने रियलाइजेसन भएको छ ।’