देश

प्युठानमा बस दुर्घटना हुँदा एक वर्षीय बालिकाको मृत्यु


काठमाडौँ – शनिबार प्युठानको मर्काबाङ सेतोपरामा यात्रुबाहक बस दुर्घटना हुँदा एक वर्षीया बालिकाको मृत्यु भएको छ । प्युठानबाट घोराही जाँदै गरेको बस दुर्घटना हुँदा घोराही उपमहानगरपालिका १ की अंशु परियारको मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा अन्य २३ जना पनि घाइते भएका छन् । जसमा चार जनाको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ । ती चार घाइते बाहेक अन्यको अवस्था भने सामान्य नै रहेको छ । घाइतेहरुको अहिले घोराहीको राप्ती स्वास्थ्य प्रतिष्ठान उपचार भइरहेको छ ।

बस दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताएको छ । बस सडकदेखि ७० मिटर तल खसेको थियो ।