Breaking

मन्त्री फेर्न देउवा जुटे, पहिलो निशानामा अर्थमन्त्री, प्रेम आले र झाँक्री पनि आउट !ओलीको मजाक (भिडियो सहित)


सरकार सम्हालेको ९ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री फेरबदलको गृहकार्य चलाएका छन् । मन्त्रीका कामकारबाहीलाई लिएर चरम आलोचना भएपछि देउवाले मन्त्री फेरबदलबारे गृहकार्य चलाएका हुन् ।
प्रधानमन्त्रीमा सपथ खाएको झण्डै तीन महिनापछि सरकारलाई पूर्णता दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै ९ महिनापछि मन्त्री फेरबदलको गृहकार्य चलाएका छन् । पाँचदलीय मोर्चाको नेतृत्व गर्दै सरकार सम्हालेका देउवाको गठबन्धनमाजनमोर्चा बाहिरिएको छ, अहिलेचारदल कायम छन् । र चारै दल सरकारमा सहभागि छन् । तर मन्त्रीहरुको कार्यप्रगतिमाकुनै तरिकाबाट सन्तोष हुने अवस्था देखिएको छैन ।

देउवाको सरकार बनेलगत्तै सर्वाधिक चर्चामा रहेका पात्र हुन अर्थमन्त्री जनार्दन शर्मा । यसअघि उर्जामा रहँदा लोडसेटिङ अन्त्य गरेको जस खाएर हाइहाइ कमाएका उनी अहिले सबैभन्दा बढी आलोचित छन् ।देशको अर्थतन्त्र नै तहसनहस बनाएको आरोप माओवादीका नेताशर्माले मात्रै खेपेका छैनन् । देउवालाई समेत कस्ता व्यक्ति मन्त्रिपरिषद्का राखेको भन्दै आलोचित हुनु परेको छ । अर्थमन्त्री शर्माको फेरबदल अपरिहार्य भएको भन्दै देउवा अघि बढेको बालुवाटार स्रोत बताइरहेको छ ।माओवादीका अन्य मन्त्रीको कार्यसम्पादनसमेत चित्तबुझ्दो छैन । उस्तै चर्चित पात्र हुन् रामकुमारी झाँक्री । कामका कारण गुमनाम बनेकी झाँक्री पिर्के सलामी खाएपछि चर्चामा आएकी थिइन् ।

अहिले पुनः गुमनाम छिन् । अलिअलि सरकारप्रति आशको त्यान्द्रो जगाएका पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किशान श्रेष्ठसमेत अहिले सेलाएका छन् । नेकपा एकीकृत समाजवादीमा छ ६ महिनापछि मन्त्री फेर्ने सहमति भए बमोजिम अहिले पार्टीले फरक मन्त्री पठाउने तयारी गरेको छ । जसपाका मन्त्रीहरु त कोटा ओगट्नमात्रै मन्त्रिपरिषद्मा छन् । उनीहरुलाई चिन्ने पनि सायदै होलान् ।फलतः देउवाका मन्त्री देखेर प्रमुख प्रतिपक्षले समेत मजाक उडाइरहेको छ । प्रधानमन्त्री देउवासहित सात मन्त्री काँग्रेसका रहेको सरकारमा पाँच जना माओवादी, पाँच समाजवादीका छन् ।

चार जना जसपाबाट मन्त्री भएका छन् । त्यसमध्ये काँग्रेसको भागमा परेको रक्षामा पाटीको चुनाव हारेपछि मिनेन्द्र रिजालले राजीनामा दिएका थिए ।आपूर्तिमन्त्रीमा सर्वाेच्चका तत्कालिन प्रधानन्यायाधीश र हाल सत्ता गठबन्धनले महाभियोग लगाएपछि निलम्बित बनेका चोलेन्द्रशम्सेर राणाको कोटाबाट मन्त्री बनेका गजेन्द्र हमालले २४ घण्टा नवित्दै राजीनामा दिएपछि देउवाले त्यसयता मन्त्रीविहिन मन्त्रालय बनाएका छन् ।मन्त्री भएका मन्त्रालयमा समेत कार्यसम्पादन नदेखिएपछि देउवाले फेरबदलको गृहकार्य चलाएका हुन् ।