Breaking

दुवै देशका यस्ता छन शर्त, जसका कारण अझै रोकिएको छैन युद्ध (भिडियो सहित )


युक्रेनमाथि रुसको हमलाको २३ औँ दिन सम्म पनि बमबारी राकिएको छैन । यसैविच दुवै राष्ट्रले आ–आफ्ना सर्त अघि सारेका छन् । जसमा केहि सर्त अस्भाविक छन भने केहि सर्त दुवै देशले पूरा गर्ने देखिन्छ ।
रुसले युक्रेनमा आक्रमण गरेको २३ दिन सम्म पनि अझै युद्ध रोकिएको छैन । दुवै देशका आ—आफ्नै सर्तका कारण युद्ध निरन्तर चलिरहेको छ । जसको प्रभाव रुस र युक्रेनमा मात्र नभएर विश्वमा देखिरहेको छ । यसविचका रुस र युक्रेन विच चार पटक वार्ता भयो तर ति सवै वार्ता उपलव्धी विहिन देखिन्छन् । कारण हो दुवै देशले आ—आफ्नै सर्तकाका कारण ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि ६ वटा सर्त अगाडि सारेका छन् । रूसले युद्ध अन्त्य गर्नुपर्ने युक्रेनको पहिलो सर्त रहेको छ भने सुरक्षाको सुनिश्चितता, स्वाधीनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुर्नस्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने उसका सर्त छन् ।

युक्रेन तटस्थ रहनुपर्ने‚ नेटोसँग आबद्ध हुन नपाउने‚ युक्रेन निःशस्त्रीकरणमा जानुपर्ने‚ युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने लगायत माग रुसका छन् । तर‚ रुसले राखेको डी–नाजिफिकेसन अर्थात् नाजीकरण रोक्नुपर्ने माग युक्रेनका लागि कठिन हुन सक्ने आकलनसमेत गरिएको छ । युक्रनी राष्ट्रपति आफैं यहूदी रहेको र हिटलरको शासनमा भएको होलोकास्ट (नरसंहार)मा उनका केही आफन्तहरूको समेत मृत्यु भएकाले उनले यो माग सहजै स्विकार्न नसक्ने आकलनहरू समेत गरिएका छन् ।