काठमाडौँ — मैले जे गरिरहेकी छु त्यसप्रति म लज्जित छु, तर मसँग के विकल्प छ र तेहरानकी एकल महिला नेदा भन्छिन् ।दिनमा उनी केशविन्यासको काम गर्छिन् तर हातमुख जोड्ने मेलो गर्न राति उनी यौनकर्मीका रूपमा देहव्यापार गर्न बाध्य भएको बताउँछिन् । म यस्तो देशमा छु जहाँ महिलालाई सम्मान गरिँदैन, अर्थतन्त्र खस्किँदो छ र सबै कुराको मूल्य दिनदिनै बढिरहेको छ,उनी भन्छिन् । म एकल आमा हुँ । मैले मेरो छोराको हेरचाह गर्नुपर्छ । यौनकर्मले राम्रो कमाइ हुन्छ। म अहिले सहरमा एउटा सानो घर किन्न खोज्दैछु । यो मेरो जीवनको दुःखद सत्य हो ।
म आफ्नो आत्मा बेचिरहेकी छु । परमाणु सम्झौता बिउँताउन वार्ता गर्दै इरान र शक्तिराष्ट्र इरानमा कट्टरपन्थी नेता नयाँ राष्ट्रपतिमा निर्वाचित इजरेलद्वारा खतराको चेतावनी सन् २०१२ मा इरानले वेश्यावृत्तिलाई रोक्न राष्ट्रिय अभियान घोषणा गर्यो । तर गैरसरकारी संस्था र अध्ययनकर्ताहरूको प्रतिवेदनले वेश्यावृत्तिका लागेका मानिसहरूको सङ्ख्या लगातार वृद्धि भएको देखाउँछ । इरानको कट्टर धार्मिक शासनले लामो समयदेखि आधिकारिक रूपमा इरानमा यौनकर्मी रहेको अस्वीकार गर्छ ।
त्यहाँका निकायहरूले वेश्यावृत्तिलाई युवाहरूलाई बिगार्न बनाइएको पश्चिमा योजना भएको आरोप लगाउँछन्, बेइमान पुरुषका लागि पनि महिलालाई दोषी देखाउँछन् । अनौपचारिक तथ्याङ्कले इरानमा यौनकर्मीको उमेर घटिरहेको देखाउँछ । विभिन्न गैरसरकारी संस्थाका तथ्याङ्कले सन् २०१६ मा वेश्यावृत्तिमा १२ वर्षका बालिका पनि रहेको देखाउँछ । लागुपदार्थ दुर्व्यसनी महिलाहरूको उपचार गर्ने अफ्ताब सोसाइटीले सन् २०१९ मा तेहरानमा मात्रै १०,००० महिला यौनकर्मी रहेको हुनसक्ने र तीमध्ये ३५ प्रतिशत विवाहित भएको बताएको छ ।
तेहरान विश्वविद्यालयका प्राध्यापक अमिर मोहमद हारिचीले त्यो सङ्ख्या दोबर हुनसक्ने बताए । इरानमा लुकीलुकी हेभी मेटल सङ्गीतमा लागेका छन् केही महिला इरानमा महिलाका लागि जागिरको कम अवसर र लैङ्गिक असमानताका कारण गरिबीको रेखामुनि रहेका धेरै महिलाहरू पैसाका लागि शरीर बेच्न बाध्य भएका छन् तर यो काममा ठूला जोखिम छन् । पुरुषहरूलाई इरानमा वेश्यावृत्ति गैरकानुनी भएको थाहा छ र यसका लागि महिलाहरूलाई गम्भीर सजाय भएको कारण उनीहरूले फाइदा लिन्छन्, तेहरानको एक विश्वविद्यालमा अध्ययनरत छात्रा मेहनाज भन्छिन् ।
म शरीर सुम्पिँदा पैसा नदिइएको घटना मसँग धेरै पटक भएको छ । म केही गर्न सक्दिनँ । विश्वको तेस्रो ठूलो वेश्यावृत्ति केन्द्रुमा देहव्यापारलाई गैरकानुनी बनाउने वाचा विश्वभरि यौनकर्मीहरू भविष्यप्रति किन चिन्तित सानै उमेरमा अश्लील सामग्री हेर्दा दुःस्वप्न र पछि तीतो यौन अनुभव कहिलेकाहीँ वेश्यावृत्तिमा संलग्न हुने मेहनाज अन्य काम गरेर तेहरानमा बाँच्न गाह्रो हुने बताउँछिन् ।
एजेन्सी


प्रतिक्रिया