काठमाडौँ – वैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचन आउन अब ५७ दिन बाँकी छ । राजनीतिक दलहरुले चुनावकेन्द्रित गतिविधिलाई तीव्रताका साथ अघि बढाइरहेका छन् । सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’को नारा दिएर एक महिने अभियान चलाइरहेको छ ।
सत्ता गठबन्धनमै आवद्ध नेकपा (माओवादी केन्द्र)ले पार्टी प्रशिक्षण कार्यक्रमलाई देशव्यापी बनाएको छ । केही समयअघि नेकपा एमालेबाट अलग्गिएको नेकपा (एकीकृत समाजवादी)ले यो निर्वाचनलाई पार्टी अस्तित्वको रक्षाका रुपमा लिएर चुनावी गतिविधि चलाइरहेको छ । तर गठबन्धनभित्र चुनावी तालमेल गरेरै अघि बढ्ने विषयमा आजका मितिसम्म सहमति जुटेको छैन ।
माओवादी र समाजवादीले कांग्रेससँग तालमेल गरेरै जाने मनसाय प्रकट गरिरहेका बेला चुनावी तालमेलका विषयमा कांग्रेसभित्र भने मतभेद छ । ठिक यसैबेला नेपाली कांग्रेसका नेताहरु चुनावी तालमेल गठबन्धनमा मात्रै नभएर प्रमुख प्रतिपक्षसँग पनि हुनसक्ने सम्भावना देखाइरहेका छन् । गठबन्धनभित्रको चुनावी तालमेल, प्रमुख प्रतिपक्षसँगको चुनावी सहकार्य, प्रधानन्यायाधीश विरुद्धको महाभियोग र मन्त्री फेरबदलको गृहकार्यबारे नेपाली कांग्रेस नेता मिन विश्वकर्मासँग योहोकर्मी सन्तोष विके थापाले गरेको कुराकानी:
संसदमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न�


प्रतिक्रिया