काठमाडौँ — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई आतंकवादी राज्य घोषणा गर्नुपर्ने बताएका छन् ।
बुधबार एक भिडियो सन्देशमार्फत उनले भनेका छन्, ‘विश्व समुदायले आधिकारिकरुपमा रुसलाई आतंकवादी राज्य घोषणा गर्नुपर्छ ।’
जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन, युक्रेनलाई थप हातहतियार दिन र नो फ्लाइ जोन घोषणा गर्न पनि माग गरेका छन् । उनले रुससँगको वार्ता सफल हुनको लागि युक्रेनको रक्षा प्रमुख शर्त रहने उल्लेख गरेका छन् ।
‘मेरो प्राथमिकता स्पष्ट छ– युद्धको अन्त्य, सुरक्षाको प्रत्याभूति, सार्वभौमिकता, भौगोलिक एकता पुनर्स्थापना, मुलुकको लागि वास्तविक प्रत्याभूति, वास्तविक सुरक्षा’, उनले भने ।


प्रतिक्रिया