काठमाडौँ — होलीको समयमा भिडभाड गरेर उछृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना बनाइएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । यसपालि होलीमा कम्तिमा १३ ठाउँ विशेष कार्यक्रम हुँदैछन् ।
त्यसलाई लक्षित गरेर एक हजार ६४९ जना प्रहरी जनशक्ति खटिनेछन् । उनका अनुसार २५ वटा मोबाइल टोली, ३७ पैदल गस्ती, ८७ क्वीक रेस्पोन्स टिम र २८ स्थानमा चेकिङ हुनेछ । २६ टोलीलाई सादा पोशाकमा खटाइनेछ भने ४५ जना सिनियर प्रहरी अधिकृत होलीको सुरक्षा व्यवस्थापनमा खट्नेछन्’ उनले भने । गत वर्ष प्रहरीले कोरोना महामारीका कारण भिड जम्मा गरेर होली खेल्न रोक लगाएको थियो ।


प्रतिक्रिया