काठमाडौँ — युक्रेनले रुसका मेजर जनरल ओलेग मित्याएभ मारिउपोलमा युद्धको क्रममा मारिएको दाबी गरेको छ ।
युक्रेनको गृह मन्त्रालयका सल्लाहकार एन्टोन गेरास्चेन्कोले दिएको जानकारीअनुसार मंगलबार ४६ वर्षीय रुसी जनरल युद्धको क्रममा मारिएका हुन् ।
मित्याएभ १५० औं मोटराइज्ड राइफल डिभिजनको कमाण्डर थिए। उनले सिरियाको युद्धमा पनि नेतृत्व गरेका थिए ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युद्धमा अर्का शीर्ष रुसी सैन्य कमाण्डर मारिएको बताएका छन् । तर, उनले नाम भने उल्लेख गरेका छैनन्।
रुसले भने उनको मृत्यु भएको पुष्टि गरेको छैन ।


प्रतिक्रिया