विदेश

राष्ट्रपति पुटिनलाई अभिनेत्री रेबेलले देखाइन् ‘माझी औंला’


काठमाडौँ — अस्ट्रेलियाली अभिनेत्री रेबेल विल्सनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति लक्षित गर्दै ‘माझी औँला’ देखाएकी छन् । उनले युक्रेनमा रुसले गरेको हमलाको विरोध गर्दै पुटिनलाई ‘माझी औँला’ देखाएकी हुन् । एमिलिया जोन्सको प्रस्तुतिबारे बोल्दै उनले मञ्चमा दुई सांकेतिक भाषा रहेको उल्लेख गरेर ‘माझी औँला चाहिँ पुटिनलाई हो’ भन्दै देखाएकी थिइन् ।

‘बाफ्टा अवार्ड’ को मञ्चमा पुटिनलाई ‘माझी औला’ देखाएकी यी अभिनेत्री प्रायः चर्चामा आउँछिन् । रेबेल प्रख्यात महिला कमेडियनका रूपमा चिनिन्छिन् । उनी अस्ट्रेलियामा टेलिभिजन र थिएटर करियरमा सफल कलाकार हुन् । उनले एमटीभी मुभी र टिन च्वाइस जस्ता प्रख्यात अवार्ड पनि जितिसकेकी छन् ।