Breaking

निर्माणधीन डबलीको ३५ फिट अग्लो स्तम्भ विवादमा,गैरजिम्मेवारीपूर्ण महानगरको जवाफ


काठमाडौँ – पुरातात्विक सम्पदाको शहर काठमाडौं उपत्यकामा मात्र विश्व सम्पदामा सुचीकृत ७ वटा पुरातात्तिक र ऐतिहासिक धरोहरहरु छन । विश्व समुदायमा यसको छुट्टै महत्व रहिआएको छ । तर जिम्मेवार निकाय नै यस्ता धार्मिक तथा साँस्कृति महत्व बोकेका धरोहरप्रति गैरजिम्मेवार बन्दा यीनमा पटक पटक अधुनिकीकरणको बाछिटा पर्ने गरेको छ ।

२०७२ मा गएको महाभुम्पका कारण ध्वस्त बनेको बसन्तपुर दरवार क्षेत्र अझै पुर्ननिर्माणकै क्रममा छ । पुर्ननिर्माण कहिले सम्पन्न हुन्छ यसै भन्न कठिन छ । यद्यपि चर्चा यत्ति बेला बसन्तपुर डबली क्षेत्रकै छ । कारण हो, पुरातात्विक महत्व बोकेको यो डबलीमा काठमाडौ महानगरले आधुनिक क्रंकिटको प्रयोग गर्दै निर्माण गरिएको यो भौतिक संरचना ।

काठमाडौं महानगरले संरक्षित स्मारक क्षेत्रभित्र रहेको हनुमानढोका दरबार परिसरको वसन्तपुर डबलीको खुला प्राङ्गणमा ३५ फिट अग्ला आठ वटा स्तम्व बनाई रहेको छ । पुरातत्व विभागले यी स्तम्व नियम विपरीत भएको भन्दै तत्काल निर्माण कार्य रोक्न पटक–पटक ताकेता गरेको जनाएको छ । सम्पदा संरक्षणकर्मीहरुले पनि तुरुन्त निर्माण कार्य रोक्न अनुरोध गर्ने गरेका छन् ।

सर्वप्रथमत विश्व सम्पदा क्षेत्रमा यस्तो संरचनाहरु निर्माण गर्न पाइदैन । कुनै पनि भौतिक संरचना निर्माण गर्नुपरेमा प्राचिन स्मारक संरक्षण ऐन २०१३ अनुसार पुरातत्व विभागसँगले स्वीकृति दिनुपर्छ । तर काठमाडौ महानगरले यो संरचना पुरातत्व विभागलाई जानकारी नै नदिई यो संरचना निर्माण गरेको जनाएको छ ।

तर यता काठमाडौ महानगरपालिकाले भने यस विषयमा छलफल गरेको दावी गर्छ । भविष्यमा हुन सक्ने दुर्घटनालाई ख्याल गर्दै दीगोपनका हिसावले जगमा मात्र कंक्रीट प्रयोग गरेर संरचना निर्माण गरेको र माथी भने मौलिकतालाई ख्याल गर्ने तर्क गर्छन् । बसन्तपुरमा मात्र नभई अन्य बौद्ध, स्वयम्भु लगायतका क्षेत्र पनि निर्माण गर्ने योजना रहेको महानगरले जनाएको छ ।

काठमाडौ महानगरपालिकाको जवाफ पछि अनुमान लगाउन सकिन्छ कि, पुरातात्विक धरोहरको मौलिकताप्रति महानगर कति सजग र जानकार छ भनेर । बसन्तपुरको यो संरचना मात्र होइन पशुपति क्षेत्रमा बाटो खुलाउने, बौद्धनाथ क्षेत्रमा किला ठोक्ने, रानीपोखरीमा पुर्ननिर्माणको नाममा डोजर चलाएको उदाहरण अझै ताजा नै छ ।

यसबाट थाह हुन्छ हाम्रा नेतृत्व साँस्कृतिक धरोहरप्रति कति जिम्मेवार छ भनेर ।