विदेश

युक्रेनको सैन्य क्याम्पमा रुसको आक्रमण


काठमाडौँ — पोल्याण्डसँगको सीमा नजिकै रहेको युक्रेनको सैन्य क्याम्पमा रुसले आक्रमण गरेको छ । आइतबार पोल्याण्डको सीमाभन्दा २५ किलामिटर दूरीमा रहेको सैन्य क्याम्पमा हवाई आक्रमण गरेको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो हवाई आक्रमणको निन्दा गर्दै यसलाई ‘कालो दिन’ को रुपमा चित्रण गरेका छन् । उक्त आक्रमणमा परी ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको जेलेन्स्कीले बताएका छन् । उनले यो क्याम्पमा आक्रमण हुनु भनेको पश्चिमा मुलुकलाई रुसको स्पष्ट चुनौती रहेको पनि बताएका छन् ।