विदेश

१२ हजार रुसी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको दाबी


काठमाडौँँ — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म एक हजार ३०० युक्रेनी सैनिक मारिएको बताएका छन् त्यसैगरी, एक पत्रकार सम्मेलनमा उनले ९अनुमानित० १२ हजार रुसी सैनिक मारिएको दाबी पनि गरेका छन् । शुक्रबारसम्म ५००–६०० रुसी सैनिकले आत्मसमर्पण गरेको उनको भनाइ छ ।

जेलेन्स्कीले रुसी सैनिकको मृत्युबाट आफू खुसी नभएको पनि बताएका छन् । “उनीहरूले अनुमानित १२ हजारजना गुमाउँदा मलाई प्रसन्नता छैन । यसले मलाई खुसी पनि बनाउँदैन।।। । संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन,” उनले भने । यस तथ्यांकलाई स्वतन्त्र रूपमा पुष्टि भने गर्न नसकिएको बीबीसीले जनाएको छ ।