Breaking

प्रकाश सपुतको गीत युट्युबबाट हटाउन चेतावनी

योहो संवाददाता

काठमाडौँ — गायक प्रकाश सपुतको नयाँ गीत पिर सार्वजनिक भएपछि माओवादी केन्द्रकी सांसद सत्या पहाडीले गीतले जनयुद्धमाुसहभागी महिलामात्र नभएर सिंगो महिला समुदायमाथि लैंगिक हिंसा गरेको बताएकी छन् । चुनावको मुखैमा आएर प्रकाश सपुतले जनयुद्धको उपलब्धीलाई दिग्भ्रमित पार्दै वीरता, साहस र बलिदानीपूर्ण ढंगले परिवर्तनको आन्दोलनमा समर्पित वीरविरंगनाहरूको इतिहासलाई अपमान गर्दै गीतिकथा सार्वजनिक गरेर परिवर्तनविरोधी प्रवृतिको मतियार बनेका छन्, पहाडीले फेसबुकमा लेखेकी छन्, यसो गरेर प्रकाशको गीतले जनयुद्धमा सहभागी महिला मात्र होइन सिंगो महिला समुदायमाथि लैंगिक हिंसा गरेको छ । यो निन्दनीय छ र कानुनी हिसाबले दण्डनीय पनि । यसको फैसला प्रकाश आफैंले गर्नुपर्ने छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले जनयुद्धुलडेको महिला छापामारको अभावलाई ञदेह’ व्यापारमा लगेर गरिएको चित्रण आपत्तीजनक मात्रै नभएर दण्डनीय भएको बताएका छन् । सर्जक सपुतलाई मेरो एउटा प्रश्न अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो दिपशिखाले सामाजिक सञ्जालमा लेखेका छन्, सायद ती महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र गीतहरूमा निर्धक्क संगीत भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे माओवादी भातृ संगठन वाइसिएलका संयोजक सुमन देवकोटाले युट्युबबाट गीत हटाउन गायक प्रकाश सपुतसँग माग गरेका छन् ।

देशको राजनैतिक रूपान्तरणको लागि लडेका महिला छापामार गणतन्त्रको सेनानी लाई चरित्रहीन नारीको रूपमा चित्रण गरिएको कथित म्युजिक भिडिओ सह्य छैन, उनले भनेका छन्, गणतन्त्रको सेनानीको अपमान हुने शब्द दृश्य तुरून्त हटाउन म प्रकाश सपुतसँग अनुरोध गर्दछु । माओवादी भातृ संगठन अनेरास्ववियुकी अध्यक्ष पञ्चा सिंहले गीत हटाएर माफी माग्न गायक सपुतलाई भनेकी छन् । भिडिओ नहटाए चुप लागेर नबस्ने उनको चेतावनी छ ।