देश

आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने प्रयासमा : दाहाल


काठमाण्डौ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय तहको चुनावमा आफ्नै तागतमा चुनाव जित्ने कुरालाई पार्टीले प्राथमिकतामा राखेको बताउनुभएको छ । नुवाकोटमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुबीच तालमेलको कुरालाई स्वीकार गर्ने तर पहिलो प्राथामिकता आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने प्रयास हुने बताउनुभयो । उहाँले गठबन्धनका दलहरु बाहेक चुनावी तालमेल नगर्ने बताउनुभयो ।

उहाँले आफ्नो पार्टीले चुनावको कार्यक्रम, नीति र योजना बनाउने काम गरिरहेको भन्दै अहिले पार्टीको सबै ध्यान स्थानीय तहको चुनावमा केन्द्रित रहेको बताउनुभयो । स्थानीय तहको चुनाव आउँदो बैशाख ३० गतेको लागि तोकिएको छ । सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका धेरैजसो नेताहरुले चुनावमा तालमेल नभइ छुटाछुटै उम्मेदवार उठाउनुपर्ने बताइरहेका छन् भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा तालमेल गर्ने सहमती भइसकेको दाबी गरेका छन् छ ।